मा. वि

परिचय
शिक्षक सेवा आयोग
सामुदायिक विद्यालयमा सरकारले तोकेको दरबन्दीअनुसार रिक्त शिक्षक दरबन्दी र त्यस्ता पदमा नियुक्त शिक्षकलाई बढुवा गर्न सिफारिस गर्न शिक्षक सेवा आयोग गठन गरिएको छ ।

शिक्षक सेवा आयोग (TSC) अन्ततः इजाजतपत्र र स्थायी शिक्षक चयन गर्न जिम्मेवार छ।

आयोगको कर्तव्य काम र अधिकार
शिक्षकको स्थायी नियुक्ति र बढुवाका लागि सिफारिस गर्ने
विद्यालयमा पढाउन चाहनेलाई आवश्यक प्रक्रिया पूरा गरी अध्यापन अनुमतिपत्र दिने
अध्यापन अनुमतिपत्रका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने र परीक्षासँग सम्बन्धित काम गर्ने ।
शिक्षकको सेवा, अवस्था र सुविधाका सम्बन्धमा मन्त्रालयलाई सुझाव दिने
शिक्षक नियुक्ति र बढुवाका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण र परीक्षा सम्बन्धी अन्य काम गर्ने ।
आयोगले ऐन वा यस नियम बमोजिम गर्नुपर्ने कामको आवश्यकता अनुसार निरीक्षण र अनुसन्धान गर्ने ।
योग्यता

सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनुभन्दा कम्तिमा सात दिन अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा आफनो प्रमाण साथ निवेदन दिनुपर्ने हुन्छ । त्यस्तै समावेशी पदमा समेत उम्मेदवार बन्ने व्यक्तिहरुले दरखास्त फारामको पहिलो पेजमा उल्लेख भएका विभिन्न समूहमध्ये कुन कुन समूहमा उम्मेदवार बन्ने हो सो कुरा स्पष्ट रुपमा खुलाउनु पर्ने हुन्छ । स्थायी कार्यरत शिक्षकको हकमा उमेरको हद राखिएको छैन ।
माध्यमिक तहका लागि
१. सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको ।
२. सामाजिक अध्ययन विषयको हकमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको ।
३. स्वास्थ्य जनसंख्या तथा बातावरण विषयमा उम्मेदवार बन्न स्वास्थ्य वा स्वास्थ्य र शारीरिक वा जनसंख्या विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महीने तालिम प्राप्त गरेको ।
४. कुनै व्यक्तिले शिक्षा शास्त्रसङ्कायतर्फ स्नातक तह उत्तीर्ण गरेको भए यस प्रयोजनको लागि तालिम प्राप्त गरेको मानिनेछ ।
५. अन्य संकायबाट स्नातक तह पूरा गरी एकवर्षे बि.एड. गरेको व्यक्तिले शुरुमा स्नातक गरेको वा एकवर्षे बि.एड. गरेको मध्ये आफूले रोजेको कुनै एक विषयमा उम्मेदवार बन्न सक्नेछ

Scroll to Top