परिचय
शिक्षक सेवा आयोग
सामुदायिक विद्यालयमा सरकारले तोकेको दरबन्दीअनुसार रिक्त शिक्षक दरबन्दी र त्यस्ता पदमा नियुक्त शिक्षकलाई बढुवा गर्न सिफारिस गर्न शिक्षक सेवा आयोग गठन गरिएको छ ।
शिक्षक सेवा आयोग (TSC) अन्ततः इजाजतपत्र र स्थायी शिक्षक चयन गर्न जिम्मेवार छ।
आयोगको कर्तव्य काम र अधिकार
शिक्षकको स्थायी नियुक्ति र बढुवाका लागि सिफारिस गर्ने
विद्यालयमा पढाउन चाहनेलाई आवश्यक प्रक्रिया पूरा गरी अध्यापन अनुमतिपत्र दिने
अध्यापन अनुमतिपत्रका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने र परीक्षासँग सम्बन्धित काम गर्ने ।
शिक्षकको सेवा, अवस्था र सुविधाका सम्बन्धमा मन्त्रालयलाई सुझाव दिने
शिक्षक नियुक्ति र बढुवाका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण र परीक्षा सम्बन्धी अन्य काम गर्ने ।
आयोगले ऐन वा यस नियम बमोजिम गर्नुपर्ने कामको आवश्यकता अनुसार निरीक्षण र अनुसन्धान गर्ने ।
योग्यता
सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनुभन्दा कम्तिमा सात दिन अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा आफनो प्रमाण साथ निवेदन दिनुपर्ने हुन्छ । त्यस्तै समावेशी पदमा समेत उम्मेदवार बन्ने व्यक्तिहरुले दरखास्त फारामको पहिलो पेजमा उल्लेख भएका विभिन्न समूहमध्ये कुन कुन समूहमा उम्मेदवार बन्ने हो सो कुरा स्पष्ट रुपमा खुलाउनु पर्ने हुन्छ । स्थायी कार्यरत शिक्षकको हकमा उमेरको हद राखिएको छैन ।
निम्नमाध्यमिक तहका लागि
१. सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम पूरा गरेको ।
२. गणित/विज्ञान विषयमा उम्मेदवार हुनका लागि विज्ञान संकाय वा अन्य संकायबाट गणित र विज्ञान दुवै विषयहरुमा प्रमाणपत्र तह वा सो सरहको योग्यता हासिल गरी शिक्षा विषयमा कम्तिमा १० महीने तालिम पूरा गरेको ।
३. दुईसय पूर्णाङ्कको शिक्षासम्बन्धी विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त मानिनेछ ।
४. सामाजिक अध्ययन विषयका हकमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महीने तालिम प्राप्त गरेको व्यक्ति उम्मेदवार बन्न सक्नेछ ।
५. शिक्षा शास्त्र संकायबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको भए तालिम प्राप्त मानिनेछ ।

